Skip This
चीनले अन्तरिक्षमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
एजेन्सी लण्डन
Invalid date format ११:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनले अन्तरिक्षमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी

Read Time : < 1 मिनेट
एजेन्सी लण्डन
नयाँ पत्रिका लण्डन
Invalid date format ११:o७:oo

चीनले अन्तरिक्षमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताइएको छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार गत अगस्टमा गुपचुप रूपमा यो परीक्षण गरेको हो। उक्त मिसाइल परमाणविक क्षमतायुक्त रहेको बताइएको छ।

हाइपरसोनिक मिसाइल आवाजको गतिभन्दा पाँच गुणा छिटो हुने बताइएको छ। यस्तो हतियारमा चीनले गरेको प्रगतिले अमेरिकी खुफिया एजेन्सीहरूलाई आश्चर्यचकित पारेको रिपोर्टमा उल्लेख छ।

चीनसहित अमेरिका, रुस, उत्तर कोरियालगायतका देशहरूले पनि हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्। चीनले हाइपरसोनिक मिसाइल परीक्षण गरेको विषयमा अमेरिकाले भने कुनै प्रतिक्रिया जनाएको छैन। ब्यालेस्टिक मिसाइल र क्रुजलाई नष्ट गर्ने प्रतिरक्षा प्रणाली विकसित भए पनि अहिलेसम्म हाइपरसोनिक मिसाइल नष्ट गर्ने कुनै प्रविधि छैन।