१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १४:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दोलखामा पहिलो हाइअल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:३७:oo

दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ। प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कार्तिक १३ गते भ्युटावर खेलमैदानमा पहिलो हाइअल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुन लागेको हो।

देशभरका २५ भन्दा धेरै राष्ट्रिय खेलाडीहरू सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राखेपकी सदस्यसमेत रहेकी रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्। खेल क्षेत्रको विकाससँगै कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महासचिव श्रेष्ठले बताइन्।

आइतबार चरिकोटमा पत्रकार सम्मेलन गरी आयोजक टिमले प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एमसी जोनलगायतका महिला तथा पुरुष खेलाडीहरू सहभागी हुने छन् ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनले एक लाख ५० हजार, हार्डकोर च्याम्पियनले एक लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाइट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा प्रदीप पाण्डे, विकास खड्का र सिसम मैनालीले रेफ्रीको भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब २९ लाख बजेट खर्च हुने अनुमान गरिएको छ।

पत्रकार सम्मेलनमा महासचिव सुवर्ण श्रेष्ठले हिमाली जिल्लाहरूमा पनि रेस्लिङ खेलको विकास गराउन र दुई हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा रेस्लिङ आयोजना गरिनुका साथै नेपालमा रेस्लिङको विकास तथा खेलाडी उत्पादन गर्न एकेडेमी नै बनाएर अघि बढेको जानकारी दिइन्। नेपालका खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न योग्य बनाउने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ।

ad
ad