१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पाको त्रिपुराकोटमा आफ्नै चलन, आज रातिदेखि मात्र टीका लगाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

देशभर साइतअनुसार अधिकांश नेपालीले दसैँको टीका जमरा लगाइसक्दा डोल्पामा भने आज रातिदेखि मात्र टीका लगाइँदै छ । डोल्पामा आफ्नै साइतअनुसार दसैँको टीका जमरा लगाउने चलन छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटमा परापूर्वकालदेखि नै आफ्नो छुट्टै साइतमा टीका जमरा लगाउने गरिन्छ। त्रिपुरासुन्दरी मन्दिरमा औँसीदेखि सुरु भएको नवरात्रिको पूजा शुक्लदशमीको दिन बेलुकी मात्र सकिने भएकाले आज रातिदेखि मात्र टीका जमरा लगाउन सुरु गरिने मन्दिरका पुजारी देवीकृष्ण उपाध्यायले बताए ।

‘त्रिपुराकोटमा अनौठो प्रचलन छ। देशैभर ज्याेतिषको साइतअनुसार टीकाजमरा लगाइन्छ। त्रिपुराकोटमा भने आराध्यदेवीको पूजाआजापछि आज रातिदेखि मात्र सुरु हुन्छ,’ उपाध्यायले भने । यहाँका स्थानीयले बिहानै जमरा मौलेर देवीलाई चढाउन मन्दिरमा लैजाने गर्छन्। त्यसपछि मध्यान्नको पूजाआजा गर्छन्। पूजाआजाका लागि विभिन्न गाउँबाट आएका पुजारी र ब्राह्मणहरूले एकअर्कालाई टीका जमरा लगाएर शुभकामना आदान–प्रदान गरी विधिवत रूपमा पूजा विसर्जन गरेपछि बेलुकी मात्र घरघरमा टीका लगाउन सुरु गरिने उपाध्यायले जानकारी दिए,’ उपाध्यायले भने ।

त्रिपुराकोटबाहेक जिल्लाका दुनै लिकु, पहाडा, रह, काइगाउँ, कालिका जुफाल, माझफाललगायतका अन्य गाउँहरूमा भने ज्याेतिषको साइतअनुसार नै टीका लगाइन्छ। त्रिपुरासुन्दरी मन्दिरमा नवरात्र अवधिभर पूजा गर्नका लागि जिल्लाका विभिन्न गाउँहरूबाट ब्राह्मण तथा भक्तजनहरू आउने गर्छन् ।