मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका न्युयोर्क
२०७८ असोज २९ शुक्रबार १३:५४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भेनेजुएलाको आमनिर्वाचनमा राष्ट्रसंघले विज्ञ टोली पठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
२०७८ असोज २९ शुक्रबार १३:५४:००

संयुक्त राष्ट्रसंघले भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि विज्ञहरू पठाउने भएको छ । आगामी महिना हुन लागेको आमनिर्वाचनका लागि राष्ट्रसंघले विज्ञ पठाउन लागेको हो ।

सो निर्वाचनको प्रक्रियामा सहयोग गर्नका लागि निर्वाचन विज्ञहरूको टिम पठाउन लागिएको बताइएको छ । निर्वाचनको निष्पक्षता र थप सहजताका लागि संयुक्त राष्ट्रसंघले विज्ञ पठाउन लागेको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको प्रेस सचिवालयले जानकारी दिएको छ ।

सो निर्वाचनका लागि संयुक्त राष्ट्रसंघले प्राविधिक सहयोग पनि उपलब्ध गराएको छ । अन्य प्रक्रियागत सहायता गर्दै आएको राष्ट्रसंघले आगामी महिना हुने निर्वाचनका लागि निर्वाचन विज्ञहरू नै पठाउन लागेको हो । रासस