Skip This
जापानमा आमनिर्वाचनका लागि प्रतिनिधिसभा विघटन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Saturday, 27 July, 2024
रासस टोकियो
२o७८ असोज २८ बिहीबार १४:o३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानमा आमनिर्वाचनका लागि प्रतिनिधिसभा विघटन

Read Time : < 1 मिनेट
रासस टोकियो
नयाँ पत्रिका टोकियो
२o७८ असोज २८ बिहीबार १४:o३:oo

जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसद्को तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन्। यहाँका अधिकारीहरूले बिहीबार बसेको संसद्को बैठकलगत्तै संसद् विघटन भएको जानकारी दिएका हुन्।

यहाँ आगामी अक्टोबर ३१ मा संसदीय निर्वाचन हुने भएको छ । यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ । सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी)को अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किसिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसलगत्तै उनले अर्को आमनिर्वाचनको तयारी थालेका थिए।

किसिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए । प्रधानमन्त्री किसिदाले जापानको आर्थिक मन्दीकाे कारक रहेको महामारी अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याएका छन् ।

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आमनिर्वाचनमा आमनागरिकको सहयोगको अपेक्षा गरेका छन् । उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरूसँग आग्रह गरेका हुन् ।