१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २७ बुधबार १८:४७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २७ बुधबार १८:४७:००

नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशविरुद्ध १–१ को बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपाल पहिलोपटक फाइनल प्रवेश गरेको हो ।

खेल सुरु भएको केही समयमा नै बंगलादेशले गोल गरेपछि नेपाल निकै दबाबमा परेको थियो । आठौँ मिनेटमा सुमन रेजाले बंगलादेशलाई अग्रता दिलाएका थिए । तर,  ८७औँ मिनेटमा बराबरी गोल गर्दै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । नेपालका लागि  अन्जन विष्टले पेनाल्टीमा गोल गरेका हुन्।

अब नेपालले उपाधिका लागि आयोजक माल्दिभ्स र भातरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। माल्दिभ्स र भारतबीचको खेल आजै ९ः४५ मा हुनेछ। फाइनल खेल आगामी शनिबार राति हुनेछ।