मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Thursday, 10 July, 2025
२o७८ असोज २६ मंगलबार १३:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फिलिपिन्समा उष्णतटीय आँधीका कारण नौजनाको मृत्यु, ११ बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार १३:३o:oo

फिलिपिन्समा भीषण उष्णतटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरोमा परी कम्तीमा नौजनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। यहाँको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापुनजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन्।

एजेन्सीका अनुसार आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो खसेको छ, जसका कारण सडक र पुलहरूमा क्षति पुगेको छ। आँधीका कारण लुजोन टापुका कम्तीमा तीन क्षेत्रका एक हजार ६ सयभन्दा बढी मानिस विस्थापित भएका छन्। 

स्थानीय समयअनुसारर बिहान १० बजेतिर तुफान लुजोन टापुको उत्तरपूर्वी कागायन प्रान्तको तीन सय १५ किलोमिटर पश्चिममा देखिएको बताइएको छ। पश्चिमबाट उत्तर पश्चिमतिर चलिरहेको उक्त आँधीको गति २० किलाेमिटर प्रतिघन्टा रहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। रासस