Skip This
‘अजेय’ सैन्य शक्ति निर्माण गर्ने उत्तर कोरियाली नेता किमको घोषणा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Monday, 15 September, 2025
२o७८ असोज २६ मंगलबार १२:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘अजेय’ सैन्य शक्ति निर्माण गर्ने उत्तर कोरियाली नेता किमको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार १२:२१:oo

उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक ‘अजेय’ सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन्।  सोमबार ‘रक्षा विकास प्रदर्शनी-आत्मरक्षा २०२१’लाई  सम्बोधन गर्दै उक्त सेना निर्माणका लागि आफ्नो अभियान दक्षिण कोरिया वा अरू कतैतिर लक्षित नभएको बताएका छन्।

उक्त अवसरमा नेता किमले अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरियासँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोपसमेत लगाएका छन्। उनले अब कोरियाली जनता एक–अर्काविरुद्ध लड्नु नहुने स्पष्ट पार्दै अमेरिकाले गलत निर्णय र कार्यद्वारा यस क्षेत्रमा तनावको स्थिति सिर्जना गरिरहेको आरोप लगाए।

सत्तारुढ वर्कर्स पार्टीको ७६औँ वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो। सो प्रदर्शनीमा केही नयाँ हतियारसहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइललगायतका अत्याधुनिक हतियारहरू राखिएका थिए। सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ।