१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १९:३८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दसैँमा मासु कति खाने ? (भिडियोसहित)

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३८:oo

डा. अनुश्री आचार्य, पोषणविद्

दसैँको वेला हामीकहाँ बढी मासु खाने चलन छ । माछा, मासु नखानुस् हामीले भन्दैनौँ । चाडबाडको वेला मात्रै होइन अरू वेलामा पनि मााछा मासु शरीरलाई उत्तिकै आवश्यक छ । तर, शरीरलाई बेफाइदा गर्ने गरी खानुभएन । आवश्यकताअनुसार खाइएन वा खान जानिएन भने त्यही खानेकुराले शरीरमा विकार ल्याउँछ । 

चाडबाडमा मात्रै होइन, अन्य समयमा पनि हामीले मासुका परिकारहरू खाइरहेका हुन्छौँ । अरू  समयको तुलनामा चाडबाडको वेला अलि बढी खाइन्छ, त्यसमा पनि धेरै खसीको मासु । खसीको मासुमा धेरै प्रोटिन हुन्छ । प्रोटिन शरीरको लागि निकै आवश्यकता छ । शरीरको आवश्यकताको हिसाबले माछा, मासु र अन्डाजस्ता परिकार खाइराख्नुपर्छ। तर, आवश्यकताभन्दा बढी खाइयो भने त्यसले शरीरलाई अस्वस्थ पार्न सक्छ । 

हाम्रो समाज तथा परिवारमा पारिवारिक जमघटको वेला पनि हेभी खाना खाने चलन छ । त्यतिवेला मासु धेरै खाने गरिन्छ । तर, मासु कसरी र कति खाने भन्ने कुरालाई हामीले बेवास्ता नै गरिरहरका हुन्छौँ। चिल्लो बढी राखेर खाने, पोलेर खाने, डिप फ्राई गरेर खाने, भुटेर खाने गरिन्छ। मासु खानु नराम्रो होइन, तर हाम्रो खाने तरिका अलि मिलेको छैन । मुख्य त भोजनलाई ब्यालेन्स गर्न जान्नुपर्छ। त्यही भएर मासु मात्रै खाएर हुँदैन । मासु खाँदा एकैपटक धेरै खानुभएन। बरु पटक पटक खानु राम्रो हो। तर, एकैपटक धेरै खानु राम्रो होइन । 

बेलुकी मासु खानु त्यति राम्रो होइन
रातिको समयमा धेरै खानु त्यति उपयुक्त मानिँदैन । किनभने, त्यो समय हाम्रो शरीरलाई त्यति सक्रिय हुनुपर्दैन। बरु बिहान खाना खाँदा मासु खान आवश्यक छ । किनभने दिनभरि दौडधुप गर्दा शरीरलाई प्रोटिन र डाइट पनि चाहिन्छ। 

बिरामीले पनि मासुलाई सादा बनाएर खान सकिन्छ
मासु प्राय: बिरामीले खान हुन्छ तर कति मात्रामा खाने र कसरी पकाएर खाने भन्ने कुरा हो। आफूलाई कस्तो खान मिल्न वा आवश्यकताअनुसार खान सकिन्छ । रोगअनुसार र मान्छेअनुसार पनि मासु खाने नखाने भन्ने हुन्छ। 

बोसो कम हुने मासु रोजौँ
हामीले दसैँको वेला वा अन्य समयमा मासु खाँदा सकेसम्म बोसोरहित खाँदा उचित हुन्छ। राँगा र सुगुरको मासुमा धेरै बोसो हुन्छ । कुखुरा, खसी र च्याङ्ग्राको मासुमा बोसो कम हुन्छ। बोसो कम भएको मासु खाँदा राम्रो मानिन्छ।  
मदिरासँग अत्याधिक मासु खाँदा असर हुन्छ । मदिरासँग पनि मासु अत्याधिक खाने बानी छ भने त्यसरी खानुहुँदैन। किनभने मदिरा र मासु एकैपटक खाँदा स्वास्थ्यको हिसाबले त्यति उचित मानिँदैन। अन्य परिकार पनि मिसाएर खान आवश्यक छ। 

मासु नखानेले के खाने ?
मासु नखानेको लागि पनि थुप्रै  परिकार बनाएर खान सकिन्छ। ती परिकार घरमै बनाउन सकिन्छ । पनिर, गेडागुडी, च्याउ, चिजलगायतका परिकार बनाउन सकिन्छ। कतिपयले अन्डा पनि खाने गर्नुहुन्छ। तर, मासुमा जति प्रोटिक अरूमा पाइँदैन। त्यस्तै, च्याउ, क्वाँटी, सोयाबिन, पनिरलगायतका परिकार बनाउन सकिन्छ। 

जंकफुडको प्रयोग कम गरौँ
दसैँको वेलामा जंकफुडको प्रयोग बढी गर्ने चलन छ । जंकफुड स्वास्थ्यको लागि त्यति राम्रो मानिँदैन। त्यसमा अन्य धेरै परिकारहरू मिसाएर खाँदा राम्रो हुन्छ। जस्तै, बदाम, आलु चिप्स, सादेको भट्टमास आदि। 

सागसब्जी धेरै खाने गरौँ
दसैँको वेला प्रायको घरमा मासु पाक्छ र त्यस्तो वेलामा सागसब्जीलाई बेवास्ता गरिन्छ। पाकेको तरकारीलाई पनि मासु पाकेको वेला ध्यानै दिँदैनौँ । माछामासु खाँदा सागसब्जी अत्यन्तै आवश्यक छ। मासुसँगै अन्य भेज परिकार खाँदा राम्रो हुन्छ। मासु खाँदा पनि एकैपटक धेरै खानुभन्दा थोरै थोरै खान सकिन्छ। एकैपटक धेरै मासु तथा मासुजन्य परिकार खाँदा पेटमा समस्या हुन्छ। 

मासुलाई कसरी खाने ?
मासु प्रोटिनयुक्त परिकार भएकोले यसमा मरमसाला तथा लसुन प्याज र टमाटर धेरै राख्न आवश्यक छैन। सकेसम्म थोरै तेल र कम मसलाको प्रयोग गरेर मासु पकाएको मासु खाँदा राम्रो हुन्छ। फ्राई गरेर खाँदा तेल धेरै हुन्छ। त्यसलाई केही बेर तारेर खानुपर्छ । त्यस्तै, सुकुटीलाई भुटेर खाँदा वा तेलमा तारेर खाँदा पनि ख्याल गर्नुपर्छ। एउटै तेलमा पटक पटक फ्राई गर्न हुन्न। 

ससेस हानिकारक छ 
सहरबजारमा ससेस बढी खाने बानी छ। समेसमा कास्टाजेनिक केमिकल राखिएको हुन्छ। जुन हाम्रो शरीरको लागि विष जस्तै हो। डब्लुएचओले पनि ससेसमा राखिने केमिकललाई सुर्तीजन्य पदार्थमध्ये राखेको छ। 

खानासँगै शरीरलाई कसरी राख्ने तन्दुरुन्त ?
खाना खाने वेला मासुसँगै ग्रिन वा भेज खानामा जोड दिन आवश्यक छ । समेस मिट थोरै मात्रामा खानुपर्छ। हाम्रो हातको हत्केला आकारको वा हत्केलामा जति मासु अट्छ एकपटकमा त्यति मात्रै खाँदा राम्रो हुन्छ । हामीले हाम्रो भोजनमा एक कप मासु, एक कप भात र दुई कप भेजिटेरियन परिकार समेट्न सकियो भने शरीर तन्दुरुस्त हुन्छ। 
शिवहरि घिमिरेसँगको कुराकानीमा आधारित ।