टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १३ बिहीबार
  • Thursday, 27 January, 2022
फोटो : आफ्नो भत्ताबापतको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै वडाध्यक्ष कुँवर
मोहन विष्ट कञ्चनपुर
२०७८ असोज २५ सोमबार ११:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नो भत्ताबापतको रकम ज्येष्ठ नागरिकलाई वितरण गर्दै वडाध्यक्ष कुँवर

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ असोज २५ सोमबार ११:४६:००

कञ्चनपुरका एक वडाध्यक्षले आफूले पाएको भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिकलाई वितरण गरेका छन्। भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले आफ्नो भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिकलाई वितरण गरेका हुन्। उनले हरेक वर्ष आफ्नो भत्ता वडाका ज्येष्ठ नागरिक, अपांगता र आर्थिक रूपमा विपन्न नागरिकलाई वितरण गर्दै आएका छन्। 

गत आर्थिक वर्षमा कोरोनाका कारण वितरण गर्न नसकेको रकम पनि उनले यस वर्ष दसैँको मुखमा वितरण गरेका छन्। सोमबार वडा कार्यालयमा ज्येष्ठ नागरिक, अपांगता भएका र असहाय नागरिकलाई १५ सयका दरले रकम वितण गरेका हुन्। वडाध्यक्ष कुँवरले चुनावका वेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए। सोहीअनुरूप आफूले पाएको भत्ताबापतको रकम वितरण गर्दै आएको उनले बताए। ‘मैले राज्यबाट पाउने सबै भत्ता वितरण गर्दै आएको छु,’ उनले भने, ‘दसैँको वेला केही राहतका लागि वितरण गरेको छु।’ 

वडाध्यक्ष कुँवरले वडामा आउन नसकेका र सरकारबाट सामाजिक सुरक्षा भत्ता नपाउने ज्येष्ठ एवं विपन्न नागरिकलाई समेत वितरण गरेका छन्। दसैँको मुखमा भत्ता पाएका ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक हर्षित भएका छन्।

भत्ता पाएकी ८४ वर्षीया पूर्णकला भण्डारीले असल जनप्रतिनिधिले विपन्न नागरिकप्रति दया देखाएको बताइन्। ‘हाम्रा जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ,‘ उनले भनिन्, ‘आफ्नो सुविधा पनि नागरिकलाई दिइरहेका छन्।’