१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोधका कारण सरकार विधेयक फिर्ता गर्न बाध्य : दिलेन्द्र बडू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको निरन्तरको संसद् अवरोधका कारण सरकारले निजामती सेवा विधेयक फिर्ता लिनुपरेको बताएका छन्। शुक्रबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

जरुरी कानुनहरूसमेत पास गर्न नदिने गरी प्रमुख प्रतिपक्ष दलले गैरजिम्मेवार ढंगले संसद् अवरुद्ध पारेपछि सरकारले विधेयकहरू फिर्ता लिएर अध्यादेशको सहारा लिनुपर्ने अवस्था आएको उनको दाबी छ।

‘प्रमुख प्रतिपक्ष दलले यति ठूलो अवरोध गरिरहेको छ। संसद्लाई सुचारु गर्न दिने, राज्य सञ्चालनामा जरुरी कानुनहरू पास गर्न दिने, जनताको जल्दाबल्दा समस्यालाई जनताको माझमा पुर्‍याउन दिने । यस खालको वातावरण नबनाउने। यो जनताप्रतिको, संसद्प्रतिको उत्तरदायित्व बिर्सेर जसरी भए पनि गैरउत्तरदायी ढंगले प्रमुख प्रतिपक्षले जुन अवरोध खडा गरिरहेको छ। त्यसैको परिणाम हो यो,’ उनले भने।