१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:३२:oo

मौसमविद् भन्छन्– बंगालको खाडीमा विकसित भएको गुलाब नामक सामुद्रिक आँधीको प्रभावका कारण नेपालमा मनसुन लम्बियो

संशोधित तालिकाअनुसार शनिबारसम्म मनसुन बाहिरिसक्नुपर्ने हो । तर, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ बुलेटिन जारी गर्दै भन्यो, ‘शनिबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

‘मनसुन लम्बिँदै आएको छ, यो वर्ष पनि पछिल्ला दिनमा मनसुन बाहिरिने संकेत छैन,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘मनसुन लम्बिने र हिउँद पछाडि धकेलिन थालेको छ ।’ 

गंगा नगरकोटी, मौसमविद् मौसम पूर्वानुमान महाशाखा 

नेपालमा मनसुन लम्बिँदै आएको छ, यो वर्ष पनि पछिल्ला दिनमा मनसुन बाहिरिने संकेत छैन । मनसुन लम्बिने र हिउँद पछाडि 
धकेलिन थालेको छ ।
 

नेपालमा मनसुनको आगमन र बहिर्गमनको औसत मिति क्रमशः १० जुन र २३ सेप्टेम्बर थियो । तर, पछिल्ला १० वर्षमा मनसुन आगमन र अन्त्यको तथ्यांक तथा ३० वर्षको मनसुनी वर्षाको विश्लेषण गरेर जल तथा मौसम विज्ञान विभागले नयाँ मिति घोषणा गरेको थियो । जसअनुसार मनसुनको आगमन र बहिर्गमनको औसत मिति क्रमशः औसतमा १३ जुन र २ अक्टुबर हो । तर, संशोधित तालिकाको औसत मितिमा पनि मनसुन बाहिरिएको छैन । यो वर्ष २८ जेठमा मनसुन भित्रिएको थियो ।

असोज दोस्रो साता बंगालको खाडीमा विकसित भएको गुलाब नामक सामुद्रिक आँधीको प्रभावका कारण पनि मनसुन लम्बिएको मौसमविद्ले आकलन गरेका छन् । भारतमा ९ अक्टोबरपछि मात्र मनसुन निष्क्रिय बन्दै बाहिरिने आकलन त्यहाँको मौसम विज्ञान विभागले गरेको छ । 

गत वर्ष मनसुन १२० दिनपश्चात् अर्थात् ३० असोजमा मात्र बाहिरिएको थियो । नेपालमा सबैभन्दा छोटो अवधिको मनसुन २०३६ मा ७३ दिन मात्र कायम भएको थियो । २०६५ मा भने सबैभन्दा लामो मनसुन कायम भएको थियो, १३० दिन । मनसुनको साढे तीन महिनाको अवधिमा औसत १ हजार ४९९.६ मिलिमिटर वर्षा हुन्छ । 

बाढीपहिरोमा १३६ को मृत्यु
नेपालमा साढे तीन महिनामा बाढीपहिरोमा परी १३६ जनाको मृत्यु भएको छ । मनसुनको सुरुवातीमै सिन्धुपाल्चोकको मेलम्ची बजार र मनाङमा बाढीले धनजनको क्षति पु¥याएको थियो । ३१ जेठदेखि १५ असोज अर्थात् मनसुनी अवधिमा मात्र बाढीपहिरोमा ४५ जना बेपत्ता भएको र १४२ घाइते भएको गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ । बर्खामा बाढीपहिरोले ८४० निजी घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा १६९ घर आंशिक क्षति पुगेको छ । गत वर्ष बाढीपहिरोमा ३३७ जनाको मृत्यु भएको थियो । 

ad
ad