१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेलहिया नाकाबाट भारतीय सवारी नेपाल भित्रिन सकेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:३२:oo

शुक्रबारबाट सीमा नाका सहज हुने भनिए तापनि रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सवारीसाधन नेपाल भित्रिन सकेनन् । भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधका कारण भारतीय गाडीहरू नेपाल आउन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए । 

‘सरकारको निर्णयअनुसार हामीले नाका सञ्चालनका लागि सबै तयारी पूरा गरेका थियौँ तर भारतीय पक्षबाट अवरोध भएको छ । एकदुई दिनमा समस्या समाधान हुन्छ’ प्रहरी उपरीक्षक केसीले भने ।  सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल एसएसबीलाई सीमा खोल्नेबारे भारत सरकारबाट कुनै पनि निर्देशन र परिपत्र नआएकोले सीमामा निजी सवारी आवगमन रोकिएकोे प्रहरी उपरीक्षक केसीले बताए । एसएसबीले माथिल्लो निकायमा रिपोर्टिङ. सुरु गरेका छन् । सायद भोलिपर्सिसम्ममा भारतीय पक्षले सहज गर्छ, प्रहरी उपरीक्षक केसीले भने । 

भारतीय पक्षले मालबाहक गाडी र नागरिकलाई परिचयपत्रको आधारमा आवतजावत गर्न भने दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल भारत सिमानाका खोल्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबारबाट आवगमन पहिलाकै अवस्थामा गर्ने भनी परिपत्र गरेपछि १८ महिनादेखि अवरुद्ध नाका खुल्ने पर्यटन व्यवसायीहरूले आशा गरेका थिए । भारतीय पक्षले सीमा आवागमनमा अवरोध गरेको भन्दै स्थानीय व्यवसायीले सुनौलीस्थित प्रहरी चौकी केही समय घेराउ गरेका थिए ।

 निर्वाध रूपमा सवारी आवागमन सुचारु गर्नुपर्छ भन्दै स्थानीयले आक्रोश पोखे पनि भारतीय एसएसबीले नेपालतर्फ गाडी प्रवेश सम्बन्धमा कुनै अनुमति नआएकाले रोक्न परेको दाबी गरेका थिए । हामीले रिपार्टिङ गरी सकेका छौँ, कुनै आदेश आएको छैन, केही निर्णय आउला । भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका सई हर्खबहादुर आलेले भने ।
 

ad
ad