१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १५:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिपले ठक्कर दिँदा पाँच छात्रा घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:३o:oo

आज शुक्रबार दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन्। सल्यान–रुकुम सडक खण्डअन्तर्गत बरलामा सडकछेउमा बसिरहेका पाँचैजनालाई लु.२च ५७०१ नम्बरको जिपले ठक्कर दिँदा शारदा नगरपालिका– ६ बरला बस्ने मीना परियार, रेखा बुढाथोकी, सुशीला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली घाइते भएका इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ।

शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका वेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेहरूको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगन्ज पठाइएको  छ। 

जिपमा सवार चारजना भने सकुशल छन्।  जिप सडकभन्दा १० मिटर तल खसेको बताइएको छ। दुर्घटनापछि जिपचालक शारदा नगरपालिका– ४ निवासी टंकबहादुर वली फरार रहेकाले उनको  खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिए।

ad
ad