१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुद्ध एयरका पाइलट शेर्पालाई ७२ घन्टासम्म उडान भर्न रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई नेपाल नागरिक उडड्यन प्राधिकरणले ७२ घन्टाका लागि उडानमा रोक लगाएको छ। अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)को मापदण्डअनुसार उनलाई उडान भर्न रोक लगाइएको हो।

उनले उडान भरेको जहाज भने प्राविधिक जाँचपछि मंगलबार बिहानदेखि नै सञ्चालनमा आएको छ। तर, दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मानसिक तनावलाई ख्याल गरेर उनलाई केही दिन बिदामा बस्न भनिएको  प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए।  उनले आइकाओको नियम पनि त्यस्तै रहेकोले सोहीअनुसार नै पाइलट शेर्पालाई केही दिन आराम  गर्न भनिएको जानकारी दिए।

उनका अनुसार बुद्ध एयरले पनि पाइलट शेर्पालाई उडान गर्न रोक लगाएको छ। शेर्पाको उडान क्षमतामा भने प्राधिकरण र बुद्ध एयरले कुनै कमी–कमजोरी देखाएका छैनन्। कहिलेकाहीँ जोखिमपूर्ण उडान भर्दा आराम चाहिने भएकोले शेर्पालाई आराम गर्न भनिएको प्राधिकरणका निमित्त महानिर्देशक क्षेत्रीले बताए। उनले भने, ‘उहाँको उडानक्षमतामा प्रश्न उठाइएको होइन। त्यस्तो प्रकारको उडानपछि स्वाभाविकै आराम चाहिन्छ। यो आइकाओ मापदण्ड नै।’

सोमबार बिहान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर बुद्ध एयरको ९–एनएएनआई एटिआर जहाज काठमाडौं फर्किएको थियो। जहाजको चक्का (ल्यान्डिङ गियर) डाउन नभएको र थ्री ग्रिन सिग्नल नबलेपछि पाइलटले विराटनगर विमानस्थलमा अवतरण गर्न सकेका थिएनन्। त्यसपछि काठमाडौंको आकाशमा केही फन्को मारेर पाइलट शेर्पाले त्रिभुवन अन्तर्राट्रिय विमान स्थलमा सहज अवतरण गराएका थिए।