१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ जेठ ७ सोमबार o७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुनरुत्थानमा सघाउने विश्व बैंक उपाध्यक्षको प्रतिबद्धता

Read Time : < 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:o३:oo

दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले महामारीपछिको पुनरुत्थानमा नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो पाँचदिने नेपाल भ्रमण आइतबार सम्पन्न गरेका उपाध्यक्ष सेफरले कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्न नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्‍याएका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग अलग–अलग भेट गर्दै उनले नेपालको कोभिड–१९ खोपको तीव्र विस्तार तथा आर्थिक पुनरुत्थानमा गरेको कार्यको प्रशंसा गरे । ‘२०७२ सालको भूकम्पलगायतका विविध आघातहरूबाट थप सशक्त रूपमा माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीतिसहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो,’ उनले भने, ‘विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनरुत्थानका लागि हामी सरकार, विकास साझेदारहरू, निजी क्षेत्र, नागरिक समाज र अन्य प्रमुख सरोकारवालाहरू मिलेर काम गर्न प्रतिबद्ध छौँ ।’

नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)सम्बन्धी गत असोज ७ गते आयोजना गरिएको उच्चस्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारहरूको साथमा सहभागी भएको थियो । उक्त घोषणापत्रले ग्रिड भिजनप्रतिको नेपाल सरकारको प्रतिबद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरू, संस्थागत कार्यलगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरूसहित साझेदारहरूको सहयोगलाई एकताबद्ध गरेको छ । 

ad
ad