१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
बागमती प्रदेश साक्षर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र सामाजिक विकास मन्त्री विजय सुवेदी।
२o८१ जेठ ६ आइतबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमतीलाई साक्षर प्रदेश घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:२o:oo

बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । सोमबार सामाजिक विकास मन्त्रालय हेटौँडामा औपचारिक कार्यक्रममार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक सिपी लुईंटेलले पेस गरेको तथ्यांकअनुसार बागमतीमा ९७.२२ प्रतिशत नागरिक साक्षर छन् । मापदण्डअनुसार ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर रहेको आधारमा प्रदेशलाई साक्षर घोषणा गरिएको हो । ५५ लाख २९ हजार ४५२ जनसंख्या रहेको बागमतीमा १५–६० वर्ष उमेर समूहका १५ लाख ८८ हजार ८२२ नागरिक साक्षर रहेका निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार १५–६० वर्ष उमेर समूहका सिन्धुपाल्चोकका ९७.६८, ललितपुरका १००, धदिङका ९८.४०, चितवनका ९७.५०, नुवाकोटका ९८.१९, भक्तपुरका ९६.७०, दोलखाका ९५.३७, मकवानपुरका ९८.९७, रामेछापका ९६.४०, सिन्धुलीका ९९.१३, रसुवाका ९६.२९, काभे्रपलाञ्चोकका ९६.४८ र काठमाडौंका ९६.८८ प्रतिशत नागरिक साक्षर छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले साक्षर प्रदेश घोषणा गरे पनि दिगो साक्षरता, प्रणाली सुधार र एकीकृत प्रणाली स्थापना, बानी सुधार, लगानी सुधार र शिक्षा, समसामयिक, व्यक्तिगत आवश्यकताको चुनौती रहेको जनाएको छ ।

प्रदेशमा ४५ हजार बढी निरक्षर
४५ हजार ४४५ नागरिक निरक्षर रहेको बागमतीमा ९७ प्रतिशत साक्षरता रहेको मापदण्ड पूरा गरेसँगै साक्षर घोषणा गरिएको निर्देशनालयले जनाएको छ। प्रदेशभित्र सिन्धुपाल्चोकमा एक हजार ९०२, धादिङमा एक हजार ३३४, चितवनमा एक हजार ९२३, नुवाकोटमा एक हजार ४७१, भक्तपुरमा एक हजार १३८, दोलखामा दुई हजार ४७५, मकवानपुरमा ८०८, रामेछापमा एक हजार ८९९, सिन्धुलीमा ६३५, रसुवामा ५५२, काभ्रेपलाञ्चोकमा १३ हजार १५५ र काठमाडौंमा १९ हजार ५३ जना निरक्षण रहेका तथ्यांकमा उल्लेख छ ।

ad
ad