१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ८ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ८ शुक्रबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमलपोखरी पुनर्निर्माणको ९५ प्रतिशत काम सकियो : मेयर शाक्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ८ शुक्रबार १७:५३:oo

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको बताएका छन्। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा मेयर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका हुन्।

मेयर शाक्यले विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुगेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले छिट्टै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको बताए । उनले कमलपोखरीलाई रानीपोखरीभन्दा पनि आकर्षक बनाउने डिजाइनअनुरूप काम भइरहेको बताए ।
 
करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको उक्त पोखरी वास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उपाध्यक्ष बस्नेतका अनुसार पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुंगा प्रयोग गरिएको छ ।