१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालको आर्थिक वृद्धि ४.१% हुने एडिबीको प्रक्षेपण

सरकारले चालू वर्षमा सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ, सरकारी लक्ष्यभन्दा करिब तीन प्रतिशत न्यून आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४७:oo

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने एसियाली विकास बैंक (एडिबी)ले प्रक्षेपण गरेको छ । एडिबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२१’ सार्वजनिक गर्दै यस्तो बताएको हो । यसअघि एडिबीले अप्रिलमा सार्वजनिक गरेको रिपोर्टले सन् २०२२ (चालू आव)मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत रहने बताएको थियो । एडिबीले त्यसलाई एक प्रतिशत बिन्दुले घटाएर आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो ।

कोभिडको संक्रमणदर उच्च रूपमा बढेको, सेवा र पर्यटन क्षेत्रको वृद्धि सीमित देखिएका कारण एडिबीले यसअघि प्रक्षेपण गरेभन्दा कम आर्थिक वृद्धि हुने औँल्याएको हो । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले चालू आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार आएपछि आर्थिक वृद्धिको लक्ष्यलाई एक प्रतिशत बिन्दुले बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएर चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेका छन् । 

सरकारले अघि बढाएको खोप अभियान र जनताले गरेको पूर्वसावधानीले संक्रमणदर नियन्त्रण हुने एडिबीले उल्लेख गरेको छ । अहिले चलिरहेको खोप अभियानले आर्थिक वृद्धिलाई सघाउने नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नाे कोस्वाले बताए । 

एडिबीका अनुसार मनसुनका कारण धानको उत्पादन बढ्न गई कृषि क्षेत्रको वृद्धि हुनेछ । त्यस्तै, औद्योगिक उत्पादन र निर्यातसमेत बढ्नेछ । एडिबीले चालू आवमा नेपालको मूल्य वृद्धि ५.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । गत आवमा ३.६ प्रतिशत रहेको मूल्य वृद्धि चालू आवमा बढ्ने एडिबीको प्रक्षेपण छ ।

ad
ad