मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ६ बुधबार
  • Monday, 31 August, 2026
२o७८ असोज ६ बुधबार १६:o७:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली छनोट    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ६ बुधबार १६:o७:oo

सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’का उत्कृष्ट १० प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारूप पार्ने (डिजाइनर)मा आरती प्रधान काफ्ले छनोटमा परेकी छन्। बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुन्। पहिरन डिजाइनरका रूपमा आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित विधामा उच्च शिक्षा हासिल गरेकी छिन्। 
     
 बेल्जियमको लिन्त सहरमा भएको फाइनलमा अन्तिम छनोटमा परेका १० जना सुन्दरीले उनले डिजाइन गरेका पहिरनमा ‘क्याट वाक’ गरेका थिए। उनको डिजाइनको उत्कृष्टताबाट प्रभावित भएर सुन्दरी ग्यान्रड बेल्जियमको आयोजक टोलीले फाइनल राउन्डको पहिरन डिजाइनको जिम्मा दिएको थियो। प्रतियोगीहरूको पहिरन देखेर आयोजकलगायत सबै प्रभावित भएका थिए।     
     
 सुन्दरी ग्यान्रड बेल्जियमजस्तो ख्यातिप्राप्त प्रतियोगिताको पहिरन डिजाइन गर्ने अवसर मिल्नु नेपाली समुदाय र आफ्नो परिवारका लागि गौरवको विषय भएको उनका श्रीमान् अर्जुन काफ्लेले बताए।  यसपटकको सुन्दरी प्रतियोगिता बेल्जियमको उपाधि भारतको तिब्बेतियन शरणार्थी शिविरमा जन्मिएर बेल्जियम फ्लेमिस बार्बान्टमा बस्ने २० वर्षीया जोम्की तेन्जिनले जितेकी छिन्। रासस