१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सगरमाथा बेसक्याम्‍पमा हुने फेसन शोमा नेदरल्यान्डकी राजकुमारी र इटालीका राजकुमार सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

सगरमाथाको बेसक्याम्‍पमा हुने फेसन शोमा नेदरल्यान्डकी राजकुमारी र इटालीका राजकुमार सहभागी हुने भएका छन्। बेसक्याम्पमा बिहीबार हुने फेसन शो हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्‍वको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

फेसन शोमा विश्‍वका १३ देशका अन्तर्राष्‍ट्रिय मोडलहरूले सहभागिता जनाउनेछन्। इटाली, डेनमार्क, बेलायत, पोल्यान्ड, रसिया, नेदरल्यान्ड, नेपाल र फिनल्यान्डका मोडल सहभागी हुने भएका छन्। सोही फेसन शोमा क्याप्टेन विजय लामाले वार्क र्‍याम्प गर्ने भएका छन्।

मौसम परिवर्तन विश्‍वव्यापी समस्याका रूपमा, सम्पूर्ण मानवताकै लागि खतराका रूपमा देखिएको वेला सचेतना बढाउन फेसन शोको आयोजना गर्न लागिएको हो। कोभिड–१९ को महामारीले पर्यटन क्षेत्रमा परेको असरलाई फेसन शोले पर्यटक आगमनमा थप प्रोत्साहन गर्ने आयोजकले विश्‍वास गरेको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको कार्यक्रम कासा बुटिक डिजाइन, आरबी डायमन्ड र के फिल्मसले आयोजना गर्न लागेका हुन्।