१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेकाे विरोधबीच विनियोजन विधेयक राष्ट्रिय सभामा टेबुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ। राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको विरोधबीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभासमक्ष टेबुल भएको हो। 

राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा (एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरूलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागू गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताए। उनले नेकपा (एमाले)ले कारबाही गरेका सांसदहरूको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताए।