१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
दीपक अधिकारी काठमाडाैं
नवीन गुरुङ संखुवासभा
Invalid date format १३:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संखुवासभा सामूहिक हत्याकाण्ड : मुख्य योजनाकार सार्वजनिक

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेको आरोपमा मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, निजका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो।

मृतक तेजबहादुरको काकाको छोरा खड्गबहादुर घटनाको मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको संघीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले जानकारी दिए। उनका अनुसार उनीहरूले तेजबहादुरको हत्या गर्न सामूहिक योजना बनाएको खुलेको छ। अभियुक्तहरूले रणबहादुर कार्कीको घरमा घटना घटेको अघिल्लो दिन हत्या योजना बनाई भोलिपल्ट बिहान सामूहिक हत्या गरेको स्वीकार गरेका छन्।

पक्राउ परेका अभियुक्तले आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने, सधैँ गालीगलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको एसपी दाहालको भनाइ छ। यसअघि प्रहरीले अभियुक्त रणबहादुरको जेठा छोरा लोकबहादुरलाई भदाै २५ गते सार्वजनिक गरेको थियो। उनले आफू एक्लैले सबैको हत्या गरेको बताए पनि घटनाको अध्ययन र बयानका आधारमा थप अन्य व्यक्तिको संलग्नता आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

गत भदौ २१ गते ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, ५८ वर्षीय छोरा तेजबहादुर, ५२ वर्षीया बुहारी कमला, ३२ वर्षीया नातिनी बुहारी रञ्जना, आठ वर्षीय पनाति दिपेन र पाँच वर्षीया पनातिनी गोमाको बीभत्स हत्या भएको थियो।