१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विभाजनमा लागेका १० नेतालाई एमाले बाग्लुङले गर्‍यो कारबाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:५२:oo

नेकपा एमाले बाग्लुङले एमाले विभाजनमा लागेका १० नेतालाई कारबाही गरेको छ ।  जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बसेको बैठकको आइतबार निर्णय सार्वजनिक गर्दै विभाजनमा लाग्ने १० नेतालाई कारबाही गरेको जानकारी गराएको छ । 

बैठकले विभाजनकारी गतिविधिमा संलग्न भएका जिल्ला कमिटीका सचिव लालबहादुर थापा, सदस्यहरू गोविन्द गौतम, भूपाल चालिसे, शान्ति अधिकारी, भरत पुरी, इन्द्र थापा, श्याम थापा, हरि घर्ती, चक्र थापा, जनप्रतिनिधि जीवन आचार्य र सीता छन्त्याललाई निष्कासन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने निर्णय गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए ।

मुलुकको पहिलो दल बने पनि बीचमै विभाजनको मारमा परेको एमालेले आफ्नो पार्टीबाट विभाजित भएर जाने सबैलाई निष्कासन गर्ने निर्णय गरेको हो ।  बैठकले जिल्लाका दशवटै स्थानीय तहमा गाउँकेन्द्रित अभियान थाल्ने भएको छ । 

आगामी असोज ५ गतेदेखि १२ गतेसम्म गाउँगाउँमा वडा कमिटी बैठक, भेला तथा अभिमुखीकरण गरिने एमाले जिल्ला सचिव विष्णु भुसालले जानकारी दिए । भुसालका अनुसार निसीखोलामा असोज ९ गते, ढोरपाटनमा ८ गते, तमानखोलामा ८ गते, बडिगाडमा असोज ९ गते, गलकोटमा असोज १२ गते, ताराखोलामा ९ गते, काठेखोलामा ५ गते, बाग्लुङ नगरपालिकामा असोज ९ गते, जैमिनीमा असोज ८ गते र बरेङ गाउँपालिकामा असोज ९ गते बैठक र कार्यक्रम हुनेछ । यस अभियानका लागि जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ । 

ad
ad