मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार २१:४८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

के चिनियाँ राष्ट्रपति सी बिरामी छन् ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार २१:४८:००

चिनियाँ राष्ट्रपति सी जिनपिङ पछिल्ला ६ सय दिनमा देशबाहिर गएका छैनन् । उनको पछिल्लो विदेश भ्रमण म्यानमारमा जनवरी १८, २०२०मा भएको थियो । त्यसयता सीले विदेशी नेतारूसँग भर्चुअल बैठक गरेका छन् भने देशभित्र उनी विभिन्न प्रान्तको भ्रमण गरिरहेका छन् । द सिंगापुर पोस्टले विभिन्न समाचार सूत्रहरूलाई उद्धृत गर्दै लेखेको समाचारमा राष्ट्रपति सीको गम्भीर स्वास्थ्यका कारण उनी चीनभित्रै केन्द्रित छन् । 

‘राष्ट्रपति सीले विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै लगेका छन् । बर्मापछि उनी बाहिर गएका छैनन् तर उनी भर्चुअल बैठकमा सहभागी हुँदै आएका छन्,’  द सिंगापुर पोस्टले लेखेको छ, ‘सेप्टेम्बर १० मा उनले रुसी राष्ट्रपति भ्लादमिर पुटिन, जर्मन चान्स्लर एन्जेला मर्केल र फ्रेन्च राष्ट्रपति इम्यान्युएल मार्कोनलगायतसँग उनले टेलिफोनमा कुरा गर्दै आएका छन् । उनले सेप्टेम्बर १० मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

‘कतिपय घटनाक्रमहरूले यस्तो अनुमान नजिक पु¥याएका छन् कि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण उनलाई विदेश नजान चिकित्सकले सल्लाह दिएको हुन सक्छ । अघिल्लोपटक पनि कतिपय बैठकहरू रद्द भएका छन् भने उनले कार्यक्रमलाई ढिलो सम्बोधन गरेका उदाहरण छन्,’ द सिंगापुरले लेखेको छ ।

सेप्टेम्बर २०१२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री र डेनिस तथा सिंगापुरका प्रधानमन्त्रीसँगको भेटवार्ता राष्ट्रपति सीले कुनै कारण नदिई रद्द गरेका थिए । सन् २०२० अक्टोबर मध्यमा सेन्जेनमा भाषण गरिरहेका वेला राष्ट्रपति सीलाई खोकी लागिरहेको थियो  । त्यसवेला उनको स्वास्थ्य अवस्था सही रहेनछ भन्ने त लगेकै थियो,’ द सिगापुर पोस्टले लेखेको छ । सेन्जेन विकासको ४०औँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सीको सम्बोधन ढिलो सुरु भएको थियो । कारण, उनको स्वास्थ्यका  थियो ।’ पश्चिमा मिडियाहरूले चिनियाँ राष्ट्रपतिले विदेशी नेताहरूसँग भेटघाट नै नगरेको उल्लेख छ ।