१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष केदार देवकोटाले ११औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिएका हुन्।

कार्यक्रममा संगठनका अध्यक्ष देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र छानबिनका लागि प्रहरीमा निवेदन दिएको बताए। अधिवेशनको निर्णय हुनै लाग्दा संगठनका महासचिव र उपाध्यक्षहरू नै भागेको भन्दै जिम्मेवार पदमा रहेको व्यक्तिबाट नै चोरी भएको हुन सक्ने आशंका व्यक्त गरे।

कार्यक्रममा सहसंयोजक तथा वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले संगठनलाई गतिशील बनाउन राष्ट्रिय महाधिवेशन गर्न लागेको बताए। उनले कोरोनासहित विभिन्न कारणले समयमै हुनुपर्ने राष्ट्रिय अधिवेशन हुन नसकेको बताउँदै ११औँ राष्ट्रिय अधिवेशन तय भएको बताए।