१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पदक अस्वीकार गर्न न्यायाधीशहरूलाई नेम्वाङको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५७:oo

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक अस्वीकार गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन्। आइतबार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले पदक फिर्ता गर्न आग्रह गरेका हुन्।

केपी ओली नेतृत्वको सरकार र एमाले फुटाउन भूमिका खेल्नेहरूले पदक पाएको भन्दै उनले यो कार्य बेठीक भएको जिकिर गरे।

‘हाम्रो पार्टीको सरकारको विरुद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ, सँगसँगै कानुन व्यवसायी मित्रहरूले मेडल पाउनुभएछ। त्यो मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बस्नुभएका न्यायाधीशज्यूहरूले मेडल पाउनुभएछ । यसमा यस्तै भएको हो भनेर म आरोप लगाउँदिनँ। पारि चितुवा करायो वारि सिँगारी हरायो भनेजस्तै यो जुन कार्य भयो यो संविधान दिवसकै दिनमा सुन्नुपर्दा यो बेठीक भयो भन्ने लाग्यो। म मान्य न्यायाधीशज्यूहरूलाई आदर गर्छु । त्यसैले यो कार्यक्रममार्फत, तपाईंहरूमार्फत म उहाँहरूलाई आग्रह गर्छु– यस्तो सन्देश जान दिनुहुँदैन । यहाँहरूले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौँ भनेर अस्वीकार गरेको घोषणा गर्दिनुस्,’ नेम्वाङले भने।