१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले खर्बौँको सेटिङमा करको दर तलमाथि गरेको ओलीको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o२:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेटिङमा गठबन्धन सरकारले करको दर तलमाथि गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

सरकारले कसलाई भन्सार छुट दिने कसलाई नदिने भन्ने कुराको सेटिङ गरेर देशलाई खर्बौंको नोक्सान गरेको उनको  भनाइ छ।

'सोझै सेटिङमा कसलाई भन्सार छुट दिने कसलाई नदिने, के गर्ने कसो गर्ने भन्ने अर्बौंको खेल भइसक्यो । यतिवेला योबीचमा आएर करका दरहरू यत्रो ठूलो ढंगले, देशलाई खर्बौंको तलमाथि पर्ने गरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सक्ने ठाउँ छैन,' ओलीले भने ।