Skip This
धौलागिरि आधार शिविरमा आरोहीहरूको चहलपहल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २ शनिबार
  • Tuesday, 13 May, 2025
धौलागिरि आधार शिविर पुगेका आरोही समूह। तस्बिर सौजन्य : सेभेन समिट ट्रेक्स
कमल खत्री म्याग्दी
२o७८ असोज २ शनिबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धौलागिरि आधार शिविरमा आरोहीहरूको चहलपहल

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७८ असोज २ शनिबार १२:१८:oo

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहणका लागि आरोहीहरूको चहलपहल बढेको छ। भदौ अन्तिम सातादेखि आधार शिविरमा हिमाल आरोहणका लागि ओरोही पुग्ने क्रम बढेको छ।

यो सिजनमा आरोहणका लागि आरोही, पथप्रदर्शक, भरिया र आरोहण दलका सहयोगीहरू गरी करिब ७० जना आधार शिविरमा पुगेका छन् । सेभेन समिट ट्रेक्सबाट मात्रै आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ। सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार यो सिजनको आरोहणका लागि अधिकांश आरोही आधार शिविरमा पुगिसकेका छन् ।

भारी वर्षा र ७२ घन्टे पिसिआर रिपोर्टको मापदण्डका कारण अधिकांश आरोहीहरू म्याग्दीबाट हेलिकाेप्टरमार्फत नै आधार शिविर गएका छन् ।

दुई नयाँ कीर्तिमानी आरोहण प्रयास
धौलागिरिमा यो सिजनमा दुई नयाँ कीर्तिमानी आरोहण हुँदै छ । नेपाली महिलाहरूको पहिलो आरोहणको कीर्तिमानका लागि पत्रकार पूर्णिमा श्रेष्ठ, पासाङह्लामु शेर्पा र माया शेर्पा यो सिजनमा धौलागिरि आरोहणको तयारीका लागि आधार शिविर प्रस्थान गरिसकेका छन् । उनीहरूले अघिल्लो सिजनमा अन्नपूर्ण हिमालमा कीर्तिमानी आरोहण गरेका थिए । धौलागिरिमा अहिलेसम्म नेपाली महिलाहरूले आरोहण गरेका छैनन् ।

यसीबीच सबैभन्दा बढी उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहेका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरियाले समेत कीर्तिमान आरोहण गर्दै छन्। 

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११ पटकसम्म पनि धौलागिरिको शिखरमा पाइला राख्न सकेका छैनन् । गत वैशाखमा समेत कार्लोसले धौलागिरि आरोहणको प्रयास गरेका थिए । कीर्तिमान आरोहणमा जुटेको दुवै टोलीले आगामी अक्टोबर १५ भित्रमा आरोहण सकेर फर्कने कार्यतालिका बनाएको छ ।