मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १ शुक्रबार १८:३५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीन अफगानिस्तान सरकारसँग अन्तरक्रिया गर्न तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १ शुक्रबार १८:३५:००

चीन सरकारले अफगानिस्तानको तालिबान सरकारसँग अन्तरक्रिया गर्न तयार रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अफगानिस्तानको नयाँ सरकारलाई चीनले बधाई दिएको र सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारलाई मान्यता दिएका छैनन् । अमेरिकाले तालिवान सरकारको भूमिकाका आधारमा उसलाई व्यवहार गर्ने बताउँदै आएको छ । अरू मुलुक पनि पर्ख र हेरको अवस्थामा छन् । चीन र पाकिस्तानले तालिबानसँग सहकार्यका लागि हात अघि बढाएका छन् । 

तालिबान सरकारलाई अफगानिस्तानस्थित चिनियाँ राजदूतले बधाई दिएका थिए । ‘अफगानिस्तानमा रहेको चिनियाँ दूतावास विगतमा जस्तै सहज रूपमा काम गरिरहेको छ । हाम्रो राजदूतावास अफगानिस्तानको नयाँ सरकारसँग सम्पर्क र संवादमा छ,’ प्रवक्ता जाओले भनेका छन् । 

यही अगस्ट ३१ मा अमेरिकी सेनाको औपचारिक फिर्ता हुनुभन्दा दुई साताअघि तालिवबान समूह काबुल पुगेको थियो भने त्यही असापासमा चीन सरकारले तालिवबान नेताहरूसँग संवाद गरेको थियो। सेप्टेम्बर ६ मा तालिबानले पन्जशिर प्रान्तमा विजय हासिल गरेपछि पूरै अफगानिस्तान उसको नियन्त्रणमा छ । त्यसपछि तालिबानले मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको छ ।