१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Friday, 04 July, 2025
एजेन्सी लण्डन
२o७८ भदौ ३१ बिहीबार १५:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतमा एकै दिन तीस हजारभन्दा बढी मानिस कोरोना संक्रमित

Read Time : < 1 मिनेट
एजेन्सी लण्डन
नयाँ पत्रिका लण्डन
२o७८ भदौ ३१ बिहीबार १५:oo:oo

बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर वृद्धि भएको बताइएको छ। बुधबार सार्वजनिक तथ्यांकअनुसार यहाँ एकै दिनमा ३० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार पाँच सय ९७ नयाँ संक्रमित थपिएका हुन्। संक्रमित हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा निकै बढेको बताइएको छ। 

यससँगै बेलायतमा कुल संक्रमितको संख्या ७३ लाख १२ हजार तीन सय ७१ पुगेको छ। यहाँ केही दिनयता खुकुलो गरिएको लकडाउनपछि संक्रमितकाे संख्या दैनिक उकालो लाग्दै गएको हो।

पछिल्ला दिनहरूमा यहाँ दैनिक मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको पाइएको छ। पछिल्लो २४ घन्टामा मात्र थप दुई सय एकजना कोरोना संक्रमितको मृत्यु भएको बताइएको छ। बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।