१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १४:१४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विश्वकर्मा पूजाका लागि तयार मूर्तिहरू (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१४:oo

विश्वकर्मा पूजालाई लक्षित गरी कालिगढहरूले विभिन्न प्रकारका मूर्ति बनाउने कार्यलाई तीव्रता दिएका छन्। ललितपुरको कुपण्डोलमा कालिगढहरूले माटोबाट विभिन्न देवी–देवताका मूर्तिहरू तयारी अवस्थामा राखेका छन्। शुक्रबार परेको विश्वकर्मा पूजाका लागि आएको अर्डरअनुसार सबै मूर्ति निर्माण गरिसकेको उनीहरूले बताएका छन्।

कोरोना महामारीका कारण अन्य व्यवसायजस्तै कालिगढहरूको व्यापार पनि झन्डै दुई वर्ष ठप्प भएको थियो। निषेधाज्ञा हटेसँगै पछिल्लो समय मूर्तिको अर्डरहरू आउन थालेको उनीहरूले बताए। भोलि परेको पूजाका लागि अर्डरअनुसार आजै सबै ठाउँमा मूर्ति पुर्‍याउने तयारी गरेका छन्। आकार, प्रकार र रंगअनुसार पाँच हजार पाँच सयदेखि १२ हजार रुपैयाँसम्म पर्ने मूर्ति यहाँ पाइन्छ।