मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार ०६:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लिभोनको सल्फेट र प्याराबेनरहित स्याम्पु बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार ०६:२०:००

केश स्याहारसम्बन्धी सामग्री उत्पादक ब्रान्ड लिभोनले सल्फेट र प्याराबेन नमिसाइएका स्याम्पु बजारमा ल्याएको छ । साधारण कपाल, सुक्खा कपाल र टुक्रिएको कपालका निम्ति उपयुक्त मानिएको यो स्याम्पुको ६ सय ५० मिलिको ठूलो प्याकेट ल्याएको हो । 

लिभोनले विश्वव्यापी रूपमा सल्फेट र प्याराबेनरहित सौन्दर्य प्रसाधनको लहर ल्याएको जनाएको छ । सल्फेटहरू कडा क्लिन्जर भएकाले कपालका प्राकृतिक तेल निखारेर सुक्खा र टुट्ने अवस्थामा पुर्‍याउने जनाइएको छ । लिभोनको साधारण कपालका लागि उपयुक्त स्याम्पु तीव्र पोषणका निम्ति सिया मक्खन र घिउकुमारीयुक्त रहेको कम्पनीले जनाएको छ । 

क्विनोया प्रोटिन र गहुँको प्रोटिनका कारण यो स्याम्पु टुक्रिएको कपालका लागि उपयुक्त रहेको र यसले क्षतिलाई तीव्र सुधार गर्ने कम्पनीको दाबी छ । यसमा रहेको आर्गन तेल र बदामको तेलका कारण सुक्खा कपालमा प्रयोग हुने स्याम्पुले कपाललाई तीव्र नमी प्रदान गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले यसको हाललाई प्रवद्र्धनात्मक मूल्य तोकेको जनाएको छ । यसको मूल्य सात सय ५० रुपैयाँ प्रतिप्याकेट रहे पनि हाललाई परिचयात्मक अफरका रूपमा सात सय रुपैयाँमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।