१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:११:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

राजनीतिक दलको दबाबमा परराष्ट्रले एनआरएनएलाई पत्र लेख्यो, चुनाव रोकिँदैन : अध्यक्ष पन्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:११:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको आरोप लगाएका छन्। ‘अमूक राजनीतिक पार्टीको स्वार्थ पूर्तिका लागि गरिएको दबाब संघलाई कदापि मान्य हुँदैन,’ उनले भने। एनआरएनएले विधि, विधान र प्रक्रिया उल्लंघन नगरेको र गर्न नसक्ने उनको भनाइ छ। 

परराष्ट्र मन्त्रालयले संघको महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा अनियमितता भएको दाबीसहित उजुरी परेको भन्दै चुनाव स्थगित गर्न निर्देशन दिँदै भदौ २५ मा पत्र लेखेको थियो। एनआरएनए आइसिसी (अन्तर्राष्ट्रिय समन्वय समिति) लाई लेखिएको पत्रमा विवादित विषयबारे छानबिन गर्न मन्त्रालयको नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा गठन गरिएको अनुगमन समिति प्रतिवेदन पेस नगरेसम्म संघका चुनावी प्रक्रिया स्थगन गर्न भनिएको हो। 

पत्र सार्वजनिक हुनु अघिसम्म आफू मन्त्रालयका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै पन्तले भने, ‘मन्त्रालयका अधिकारीले मसँग राज्यसत्ताबाट निकै ठूलो दबाब आएकाले थेग्न नसक्ने आएको बताउनुभएको थियो।’ परराष्ट्रले खोजेको जवाफ दिने, विधानअनुसार गरिएको प्रक्रियाबारे जानकारी दिने, तर चुनाव नरोक्ने पन्तले बताए। ‘त्यसैले हामी तोकिएको समयमै चुनाव गर्छौँ,’ पन्तले भने, ‘चुनाव तोकिएकै समयमा हुन्छ।’