१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
भीनपा ९ खल्लामछेट्टी स्थित प्राचिन सिद्धनाथ मन्दिर र सो मन्दिरबाट मूर्ति चोरेका बझाङ्गका करणो बहादुर बोहरा 
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जेलबाटै बन्यो मन्दिरका मूर्ति चोर्ने योजना

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

कञ्चनपुरको खल्लामछेट्टीमा रहेको प्राचीन सिद्धनाथ मन्दिरको मूर्ति चोर्ने योजना जेलबाटै बनेको खुलेको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा रहेको प्राचीन सिद्धनाथ मन्दिरमा रहेको सिद्धबाबाको मूर्ति चोर्ने योजना कञ्चनपुर कारागार जेलबाटै बनेको खुलेको हो ।  चाँदीले बनेको सिद्धबाबाको मूर्ति चोर्ने योजना जेलमै बनेको चोरीमा संलग्न करणोबहादुर बोहराले स्वीकार गरेका छन्। बोहरा चोरीकाण्डमा जेलमा थिए ।  बोहरासँगै गत साउनमा पूर्वशिक्षक हत्याकाण्डमा पुर्पक्षका लागि जेलमा रहेका प्रकाश पाल र उनका भिनाजु ललित बोहरा थिए ।  

बझाङको बुगल नगरपालिका बीचगडाका बोहराले शुक्रबार राति सिद्धबाबाको मूर्ति चोरेर महेन्द्रनगर ल्याउने क्रममा स्थानीयले उनलाई समातेर प्रहरीलाई बुझाएका थिए। खल्लामछेट्टीका स्थानीय युवा किशन खडकाले मन्दिरको मूर्ति चोरेर भाग्ने क्रममा स्थानीयले समातेर प्रहरीलाई बुझाएको बताए । प्रहरीलाई बुझाउनुअघि बोहरा स्थानीयसँग जेलमा रहेका खल्लामछेट्टीका स्थानीय प्रकाश पालले दिएको योजनाअनुरूप चोरी गरेको बताएका छन् ।  चोरी मुद्दामै जेलमा रहेका बोहरा केही दिनअघि मात्रै छुटेका थिए।  बझाङका बोहरा महेन्द्रनगर बसपार्कमा डेरा गरी बस्दै आएका थिए।  
 
बोहराले पैसाको लोभले मूर्ति चोरेको स्वीकार गरेका छन् ।  उनले जेलमै रहेका प्रकाश पाल र ललित बोहराको योजनामा मूर्ति चोरेको बताएका छन् ।  

सुरुमा मूर्ति चोर्ने काम अस्वीकार गरे पनि पछि पैसाको लोभले चोर्न आएको बोहराले समातिएपछि स्वीकार गरेका छन् । मूर्ति चोरेर ल्याउने अनि ललित बोहराको दाजुलाई दिने जेलमा नै सहमति बनेको थियो। शुक्रबार दिउँसो प्रकाश पालकै घरमा खाना खाएर राति उनकै पसल चोरी गरेर मन्दिका मूर्ति चाेरी गर्ने योजना जेलमा बनेको थियो । 

‘प्रकाशले आफ्नो पसल पनि चोर्नु त्यसपछि गाउँमा कसैले शंका गर्दैनन् भनेको थियो, ‘उनले भने, ‘त्यहीअनुरूप प्रकाशको पसल पनि चोरेको हुँ, मूर्ति चोर्दा मन्दिरमा कोही थिएनन्, चोरेर लग्ने क्रममा बाटोमा मान्छे भेटिए, समातिहाल्यो।’ 

खल्लामछेट्टीका स्थानीयले बोहरालाई मूर्ति चोर्न लगाउने मतियारमाथि कारबाही गरिनुपर्ने माग अघि सारेका छन् ।  चोर्ने चोराउन सहयोग पुर्‍याउने व्यक्ति समूहमाथि कारबाही नभए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् ।  चोरी गर्दागर्दै पक्राउ गरेर समात्दासमेत प्रहरीले दोषीलाई लैजानसमेत आलटाल गरेको स्थानीयको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मूर्ति चोरी घटनाको अनुसन्धान भइरहेको जनाएको छ।  कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले मूर्ति चोरीको आरोपमा पक्राउ परेका बोहराविरुद्धमा म्याद थप गरेर मुद्दा चलाइने बताए।  ‘जेलभित्र बनेको योजना र बाँकी चोरीमा संलग्नमाथि समेत छानबिन हुन्छ, ‘उनले भने, ‘अब बयान लिन्छौँ, बयानका आधारमा अरूमाथि पनि कारबाही हुन्छ। ’