मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ २६ शनिबार १३:४७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त

Read Time : < 1 मिनेट
२०७८ भदौ २६ शनिबार १३:४७:००

मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। मोरक्कोका राजा मोहम्मद छैटाैँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका हुन् ।

नेस्नल र्‍याली अफ इन्डेपेन्डेन्ट (आरएनआई)का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारीसमेत राजाले दिएका छन्। यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरबारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ । 

निर्वाचनमा उनको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएका अजिज अहिले ६१ वर्षको छन्। उनले सन् २००७ देखि २०१७ सम्म कृषिमन्त्रीका रूपमा काम गरेका थिए ।

उनको आगमनसँगै जस्टिस एन्ड डेभ्लभमेन्ट पार्टीको सरकार अन्त्य भएको छ। सो पार्टीले गत सन् २०११ देखि गठबन्धन सरकार चलाउँदै आएको थियो । मोरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो । निर्वाचनका लागि देशभरि झन्डै एक करोड ७५ लाख आधिकारिक मतदाता रहेका थिए । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै मतदान केन्द्र तोकिएको र मतदान केन्द्रमा भिडभाड नहुने व्यवस्था गरिएको थियो।

तल्लो सदनका लागि देशभरिबाट ३९५ जना र स्थानीय प्रतिनिधिका रूपमा झन्डै ३१ हजार चुनिने गरी निर्वाचन भएको यहाँको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि मोरक्कोका करिब चार हजार ५०० र विदेशी निकायका १०० पर्यवेक्षक खटिएका थिए । निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन भने यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी गरेको छ ।