मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ४ सोमबार
  • Monday, 20 September, 2021
नवीन गुरुङ संखुवासभा
२०७८ भदौ २६ शनिबार ११:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संखुवासभा सामूहिक हत्या प्रकरण : घटनामा संलग्न आशंकामा एकजना पक्राउ

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ भदौ २६ शनिबार ११:२२:००

संखुवासभाको मादी नगरपालिका–१ उम्लिंगको खोलागाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार बिहान एकैघरका ६ जनाको सामूहिक हत्याकाण्डमा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।

‘प्रहरीको अनुसन्धान जारी छ। निकै लामो अनुसन्धानबाट घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको छ । भोलि (आइतबार) जिल्ला प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलनमार्फत घटना कसरी, किन र ककसले घटाए भन्ने बारेमा सम्पूर्ण जानकारी दिन्छौँ । अहिले सबै जानकारी कसैलाई पनि दिइएको छैन । पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी दिन्छौँ,’ डिएसपी सुवेदीले भने।

घटनास्थलमा सोमबारदेखि संघीय इकाइ प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल नेतृत्वको टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी रुकमबहादुर कुँवरको टोली र जिल्लास्थित डिएसपी लालध्वज सुवेदी र चैनपुर इलाका प्रहरीचौकीका इन्सपेक्टर योगराज खतिवडालगायत ४० भन्दा बढी सुरक्षाकर्मी र अनुसन्धान टोली खटिएको छ। टोलीले गरेको विभिन्न अनुसन्धानको चरणका आधारमा गाउँकै एक युवालाई पक्राउ गरेको हो । ती व्यक्ति छिमेकी नै रहेको अनुमान गरिएको छ ।

मृतक परिवारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि बुधबार इटहरीको बुढीगंगामा अत्येष्टि भइसकेको छ। गत सोमबार बिहान मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा स्थानीय ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।