मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २४ बिहीबार २०:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्न सत्तारूढ दलहरू सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २४ बिहीबार २०:०५:००

दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्न सत्तारुढ दलहरू सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा एक–दुई दिनमै मन्त्रिमण्डल विस्तार गर्ने र केही समयपछि पूर्णता दिने सहमति भएको हो ।

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीविरुद्ध सर्वोच्चमा रिट दायर गरेको र जसपाले निर्णय गरी नसकेकाले दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्ने सहमति जुटेको एक नेताले बताए । 

ती नेताका अनुसार पहिलो चरणमा कांग्रेस र माओवादीबाट मन्त्री थपिनेछन् । हाल पनि कांग्रेस र माओवादी केन्द्रबाट मात्र सरकारमा सहभागिता छ ।  

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए । 

बैठकमा एमसिसीको विषयमा पनि छलफल भएको छ । कांग्रेस एमसिसी पारित गरिहाल्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्रले यथास्थितिमा एमसिसी पारित गर्न नहुनेमा जोड दिँदै आएको छ । एकीकृत समाजवादीले सत्तारुढ दलहरूबीचको सहमतिमा मात्रै एमसिसीबारे निर्णय गर्नुपर्ने बताएको छ । जनमोर्चा भने एमसिसी अघि बढाउन नहुने पक्षमा छ ।