मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २४ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २४ बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगलाई कांग्रेसको पत्र : काबुबाहिरको परिस्थितिले महाधिवेशनमा ढिलाइ भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २४ बिहीबार १४:५८:oo

नेपाली कांग्रेसले महाधिवेशनमा भएको ढिलाइबारे औपचारिक रूपमा निर्वाचन आयोगलाई जानकारी गराएको छ। कांग्रेसले १४औँ महाधिवेशनमा भएको ढिलाइबारे बुधबार औपचारिक रूपमा आयोगलाई जानकारी गराएको हो।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगमा पत्र आएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘आयोगमा पत्र आइपुगेको छ। पत्रका सम्बन्धमा केही निर्णय भइसकेको छैन,’ उनले भने। आयोगका अनुसार आयोगलाई प्राप्त पत्रमा भदौ १८ देखि वडाको अधिवेशन सुरु भएको र मंसिर ९ देखि १३ सम्म केन्द्रको अधिवेशन सम्पन्न हुने जानकारी उल्लेख गरिएको छ। आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले वडा अधिवेशन जारी रहेको र केन्द्रको अधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुने जानकारी पाएको बताए।

‘बुधबार पत्र आएको छ। पत्र आयोगको स्मरणमा छ। यस सम्बन्धमा आयोगले आवश्यक निर्णय लिनेछ,’ सहायक प्रवक्ता धमलाले भने। महाधिवेशनमा भएको ढिलाइका सम्बन्धमा कोभिडका कारण काबुबाहिरको परिस्थिति सिर्जना भएकाले समयमै सम्पन्न हुन नसकेको जानकारी गराइएको छ। 

संविधानको व्यवस्थाअनुसार महाधिवेशनका लागि पाँच वर्षको समयसीमा र विशेष परिस्थितिमा पाउने ६ महिनाको अवधि बुधबार (२३ भदौ)मा सम्पन्न भएको छ। समय सकिएको अन्तिम दिन कांग्रेसले आयोगमा जानकारी गराएको हो।