मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २४ बिहीबार
  • Wednesday, 02 September, 2026
एजेन्सी बेइजिङ
२o७८ भदौ २४ बिहीबार ११:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनले अफगानिस्तानलाई ३१ मिलियन डलर सहयोग गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
नयाँ पत्रिका बेइजिङ
२o७८ भदौ २४ बिहीबार ११:५६:oo

चीनले अफगानिस्तानलाई दुई सय मिलियन युआन (३१ मिलियन डलर) सहायत गर्ने भएको छ। खाद्य आपूर्ति र कोरोना भाइरसविरुद्धको खोपमा चीनले तीन करोड १० लाख अमेरिकी डलरबराबरको रकम सहायता गर्ने प्रतिबद्धता जनाएको बिबिसीले उल्लेख गरेको छ।

चीनले तालिवान सरकारसँग सम्पर्क बनाइराख्न तयार रहेको बताएको केही समयपछि यो सहयोगको घोषणा गरेको हो।

चीनले अफगानिस्तानमा शान्ति बनाइराख्न अन्तरिम सरकारको आवश्यकता रहेको बताएको थियो। गत हप्ता तालिवानले देशलाई स्लामिक इमिरेट घोषणा गर्दै अन्तरिम सरकार गठन गरेको थियो।

चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार पाकिस्तान, इरान, ताजकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानका समकक्षीहरूसँगको बैठकका क्रममा सहयोगको घोषणा गरेका हुन्। उनले यी देशहरूलाई अफगानिस्तानको सहयोगमा सहकार्य गर्न आग्रह गर्दै चीनले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्धको ३० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेका छन्।