मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा सभामुखलाई एमालेको प्रश्न– दल विभाजनको मतियार किन बन्नुभयो ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई नेकपा (एमाले) फुटाउने मतियार बनेको आरोप लगाएको छ। आजको संसद् बैठकमा बैठकको सुरुमा बोल्दै प्रमुख सचेतक विशाल भट्टराईले नियोजित रूपमा एमाले टुक्य्राउन लागिपरेको बताएका हुन् ।

संसद् बैठकमा बोल्दै भट्टराईले माओवादी केन्द्रका चार सांसद र सरिता गिरीलाई कारबाही गरिएको पत्र तत्कालै कारबाही गरिएकाे प्रसंग निकाल्दै एमालेको सन्दर्भमा भने असमान व्यवहार गरेको बताएका थिए।

‘माओवादी केन्द्रका चार सांसद र सरिता गिरीलाई तत्कालै कारबाही गरिएको थियो। तर, एमालेको हकमा १४ सांसदलाई गरिएको कारबाहीको पत्रमाथि किन कारबाही  गरिएन ? १३ दिनसम्म कुनै कारबाही नगरी पार्टी फुटेपछि कारबाहीको औचित्य समाप्त भएको भनियो,’ उनले भने, ‘यो एमालेको हकमा पनि लागू हुन्छ ? सभामुखले सबैलाई सम्मानपूर्ण व्यवहार गर्नुपर्ने होइन र ? एमालेलाई अन्य ग्रहकाे राजनीतिक दलको रूपमा हेरियाे, दल विभाजनको मतियार किन बन्नुभयो सभामुख महोदय ?’

तत्पश्चात् सभामुख सापकोटाले आफूले प्रचलित कानुनको आधारमा निर्णय लिएको जवाफ फर्काएका थिए। ‘प्रचलित कानुनको आधारमा निर्णय लिइएको हो,’ सभामुखको जवाफ थियो, ‘अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल हुन नसक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।’

तर, सभामुखको जवाफकै बीचमा एमालेले संसदमा ‘विधिको साशन कायम गर, संसदीय सर्वोच्चता कायम गर’ भन्दै नाराबाजी गरेका थिए। नाराबाजी गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको २०७५ को खण्ड ख र ग अध्ययन ध्यानाकर्षण गराएका थिए। तर,नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले  १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन।