१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटन क्षेत्र खुला गर्न व्यवसायीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२२:oo

कोभिड संक्रमण कम हुँदै गएको र अग्रपंक्तिमा खटिने पर्यटनकर्मीले पनि भ्याक्सिन लगाइसकेको भन्दै पर्यटन व्यवसायीले पर्यटकीय क्षेत्र खुला गर्न माग गरेको छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको संयोजकत्वमा आयोजित एक कार्यक्रममा व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताएका हुन् ।  

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)की महासचिव सरिता लामाले सरकारले समयमै निर्णय गर्न नसक्दा पर्यटक आउने सेप्टेम्बर–नोभेम्बर सिजनमा पनि पर्यटन व्यवसायीले लाभ लिन नपाउने गुनासो पोखिन् । ‘पर्यटकले नेपाल आउने चासो राखेका छन्, सरकारले १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ,’ उनले भनिन्, ‘तर, नेपालीहरू भने विदेशबाट फर्किंदा क्वारेन्टिन बस्ने नियम छैन ।’ 

पर्यटन व्यवसायी सुमन पाण्डेले खोप लगाएका पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउँदै तत्कालै अनअराइभल भिसा उपलब्ध गराउन माग गरे । ‘विदेशमा पिसिआर गरेर आएका पर्यटकमा पनि कोरोना संक्रमण हुने जोखिम हुन सक्छ,’ उनले भने, ‘हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै एन्टिजेन र पिसिआर परीक्षण गर्ने व्यवस्था ग¥यौँ र छिटोभन्दा छिटो नजिता दिन सक्यौँ भने संक्रमण नदेखिएका पर्यटकलाई सहजै नेपालमा घुम्न दिने व्यवस्था गर्न सक्छौँ ।’  

अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा पर्यटक भिसा दिनुपर्ने गरी मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकाले ट्राभल एडभाइजरी जारी गर्न नसकिएको जिकिर गरे । अनअराइभल भिसा पुनः सुचारु गर्ने निर्णय गराउन आफू पनि सकारात्मक रहेको उनको भनाइ थियो । 
होटेल एसोसिएसन नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले पर्यटकीय गन्तव्य खुला गरेर पर्यटन बोर्डले नेपालका गन्तव्यको बारेका सकारात्मक सूचना प्रवाहमा काम गर्नुपर्ने बताइन् । ‘निजी क्षेत्रले आ–आफ्नो तरिकाले सूचना प्रवाह गर्दा त्रुटि हुने सम्भावना पनि हुन्छ,’ उनले भनिन्, ‘त्यसैले बोर्डले निजी क्षेत्र र सरकारको बीचमा पुलको भूमिका निर्वाह गर्नुपर्छ ।’ 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाईंले आन्दोलन र राजनीतिक कार्यक्रममा कोरोना नहुने, तर पर्यटक ल्याउँदा मात्र कोरोना संक्रमण फैलिन्छ भन्ने सोचले पर्यटन क्षेत्रलाई थप धराशायी बनाउने ठोकुवा गरे । पाटा नेपाल च्याप्टरका अध्यक्ष विभु चन्दले पर्यटन व्यवसायीजस्तै सरकार पनि पर्यटन क्षेत्र चलायमान बनाउनेतर्फ गम्भीर हुनुपर्ने बताए ।  

ad
ad