१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दीपक अधिकारी काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला घटनामा नेपालले भारतलाई पठायो कूटनीतिक नोट

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:१२:oo

दार्चुला घटनाका विषयमा नेपालले औपचारिक रूपमा भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले केही दिनअघि कूटनीतिक नोट पठाएको हो । तर, यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छैन । 

परराष्ट्र स्रोतले कूटनीतिक नोट पठाएको सोमबार साँझ पुष्टि गरेको छ । ‘सोमबारभन्दा पहिले नै कूटनीतिक नोट पठाइएको हो,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘गृह मन्त्रालयको छानबिन प्रतिवेदनका आधारमा कूटनीतिक नोट पठाएका छौंँ ।’ 

गत १५ साउनमा दार्चुलास्थित महाकाली नदीको तुइनमा नेपालबाट भारततर्फ जाँदै गर्दा नेपाली नागरिक जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएका थिए । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को घटनामा संलग्नता भएको प्रत्यक्षदर्शीहरूले बताएका थिए । 

गृह मन्त्रालयले १७ साउनमा छानबिन समिति बनाएर करिब तीन साता अध्ययन गरेको थियो । छानबिन प्रतिवेदनमा एसएसबीको संलग्नता उल्लेख छैन, तर एसएसबीको उपस्थिति रहेको उल्लेख छ ।

ad
ad