१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

महामारीको उत्पत्तिबारे अपर्याप्त अनुसन्धान

कोभिड–१९ को उत्पत्तिबारे अमेरिकी गुप्तचर निकायहरूको समीक्षाले महत्वपूर्ण समयको नाश भएको देखायो । अमेरिकी प्रशासन एवं कंग्रेस यसबाट निकै निराश छन् ।

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:३३:oo

तीन महिनाको पर्खाइपछि अमेरिकी गुप्तचर निकायहरूले कोभिड–१९ को उत्पत्तिबारे गरिएको अनुसन्धानको समीक्षा अघिल्लो साता जारी गरे । समीक्षामा महामारी सुरु हुनुको स्पष्ट कारण पत्ता लाग्न नसकेको बताइएको छ । सम्भावित नयाँ महामारी रोक्न महत्वपूर्ण हुने यो अनुसन्धान काम नलाग्ने भयो । यसलाई थप गहन बनाउन बाइडेनले अब के गर्लान् ? सम्भवतः उनले केही गर्नेछैनन् । मे महिनामा जब राष्ट्रपति बाइडेनले व्यक्तिगत रूपमा २०१९ मा वुहानमा के भएको थियो भनेर गुप्तचर संस्थाहरूलाई दुई गुणा प्रयाससाथ अनुसन्धान गर्न निर्देशन दिएका थिए, तब उच्च आशा थियो । गुप्तचर संस्थाहरूमा सार्स–कोभ–२ भाइरस (कोभिड–१९ को कारक) प्राकृतिक रूपमा उत्पन्न भएको हो वा चमेरामा हुने कोरोना भाइरसहरूको जोखिमयुक्त अध्ययन हुने वुहानको प्रयोगशालाबाट चुहावट भएको हो भन्नेमा मत विभाजित देखिन्थ्यो । अहिले २७ अगस्टमा जारी समीक्षाले महत्वपूर्ण समयको नाश मात्रै भएको देखायो । 

समीक्षाअनुसार चार गुप्तचर निकायहरू भाइरस संक्रमणको सुरुवात प्राकृतिक रूपमा भएको विश्वास गर्छन्, यद्यपि यी निकाय ‘न्यून निश्चिन्तता’ (लो कन्फिडेन्स) साथ यस नतिजामा पुगेका हुन् । एक निकायले भने ‘मध्यम निश्चिन्तता’ (मोडरेट कन्फिडेन्स) साथ संक्रमण प्रयोगशालाबाट उब्जिएको हो भन्ने निचोड निकालेको छ । यो नतिजा कुन निकायबाट आयो भन्नेबारे हामी बेखबर छौँ । मोटामोटी रूपमा भन्ने हो भने हाम्रा गुप्तचरलाई वुहानमा के भएको थियो भन्ने थाहा नै छैन । केही जनप्रतिनिधि एवं अधिकारीका अनुसार यो अनुसन्धान असफल हुने निश्चित थियो किनभने अनुसन्धानका लागि न्यून प्रयोजन एवं संकुचित समयसीमा मात्र उपलब्ध थियो । केही समाचारअनुसार गुप्तचर निकायहरूले वुहानमा संकलन गरेका आफ्नै तथ्यांक विश्लेषणको थालनीसमेत गरेका थिएनन् । जब नतिजा प्रस्तुत गर्नुपर्ने भयो, उनीहरूले चिनियाँ भाषामा लेखिएको कठिन प्राविधिक भाषा नै बुझ्न एवं विश्लेषण गर्न पर्याप्त मात्रामा तालिमसम्म नभएको स्विकारे । 

सिनेटको गुप्तचर समितिका वरिष्ठ रिपब्लिकन सिनेटर मार्को रुबियो भन्छन्– ‘नतिजा निकाल्न ९० दिन पर्याप्त थिएन । गुप्तचर निकायले सन्तोषजनक नतिजा ननिकालुन्जेल अनुसन्धान जारी राख्नुपर्छ ।’ ‘अमेरिकी जनताले भाइरस उत्पत्तिको यथार्थ जान्न पाउँछन्, तर यो अनुसन्धानले नतिजा दिएन,’ रुबियो थप्छन् । एक वरिष्ठ प्रशासनिक अधिकारीका अनुसार गुप्तचर निकायको काम जारी रहनेछ र त्यसका लागि ‘अमेरिकी सरकारका प्राविधिक विज्ञहरू’ले चिनियाँ समकक्षीसँग भाइरस सम्बन्धित सम्पूर्ण तथ्यांक एवं सूचनाको माग गरेका छन् । यता गुप्तचर निकायको समीक्षाले नयाँ सूचना नआउन्जेल ‘हामी निश्चित व्याख्या गर्न सक्दैनौँ’ भनेर हार स्विकारेको देखिन्छ । ‘वैश्विक स्वास्थ्य र मानवतालाई हानि गर्ने भाइरसबारे जानकारी दिन चीन अझै तयार छैन,’ ती अधिकारीले बताए । स्मरण रहोस्, चीनले विश्व स्वास्थ्य संगठनको दोस्रो चरणको अनुसन्धानलाई अस्वीकार गरेको छ ।

कोभिड–१९ को उत्पत्तिबारे अमेरिकी गुप्तचर निकायहरूको समीक्षाले महत्वपूर्ण समयको नाश भएको देखायो । अमेरिकी प्रशासन एवं कंग्रेस यसबाट निकै निराश छन् ।
 

अमेरिकी प्रशासन एवं कंग्रेस गुप्तचर निकायको समीक्षाबाट निकै निराश छन् । यदाकदा गुप्तचर निकायहरू र राष्ट्रपति बाइडेनले अनुसन्धान गरेजस्तो चिनियाँ अस्पष्टता देखाएर यस मामिलालाई रफादफा गरेको देखिन्छ । यस सन्दर्भमा जनप्रतिनिधि माइक गल्लाघेरले एक विज्ञप्तिमा ‘चिनियाँ सहयोग’ चाहियो भनेर लेखिएको गुप्तचरको समीक्षालाई जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका छन् । उनी भन्छन्, ‘हामीलाई महामारीबारे सत्यतथ्य पत्ता लगाउन चिनियाँ सहयोग आवश्यक छैन । हामी हार मानेर ६ लाखभन्दा बढी मारिएका मानिसलाई बेवास्ता गर्न सक्दैनौँ ।’ 

२७ अगस्टको विज्ञप्तिमा बाइडेनले आफ्नो प्रशासन ‘रोकिनेछैन’ र ‘कैयौँको मृत्यु र दुःखको जिम्मेवार यो महमारीको जरा खोतल्न हामी जे पनि गर्न तयार छौँ’ भनेर आश्वस्त पार्ने प्रयास गरेका छन् । विश्व स्वास्थ्य संगठनको थाप्लोमा जिम्मेवारी बोकाउनबाहेक प्रशासनले आफैँले गरेको प्रतिबद्धता पूरा गरेको छैन । नयाँ उपायहरूको कुनै कमी छैन । जनप्रतिनिधिहरू असहयोग गर्ने प्रयोगशालालाई प्रतिबन्ध गरेर वुहान प्रयोगशालाबारे थप अनुसन्धान गर्न सुझाब दिन्छन् ।

यस मुद्दामा डेमोक्य्राटहरूले रिपब्लिकनसँग सहकार्य गरेर अगाडि बढ्नु उचित ठहरिनेछ । गुप्तचर निकायहरूका समीक्षाले बेइजिङको असहयोग चिनियाँ कम्युनिस्ट पार्टीका कारण हो भन्ने अचम्मको तर्क गरेका छन् । ‘अनुसन्धानबारे चिनियाँ कम्युनिस्ट पार्टीको आफ्नै अनिश्चितता एवं अन्तर्राष्ट्रिय राजनीतिक दबाबले सिर्जना गरेको कुण्ठाले’ रोकेको भनेर ती समीक्षामा लेखिएको छ । समीक्षामा उल्लेख भएका कुरा चिनियाँ कम्युनिस्ट पार्टीको प्रोपगान्डा हो, कुनै महत्वपूर्ण मुद्दा होइन । चिनियाँ गतिविधिले चीनले संसारलाई केही लुकाइरहेको कुरा पर्दाफास हुन्छ भन्ने डर रहेको देखाउँछ । 
(रोगिन वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक हुन्)  द वासिंगटन पोस्टबाट

ad
ad