१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Sunday, 06 July, 2025
एजेन्सी वासिङ्टन
२o७८ भदौ २० आइतबार १३:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा गोली चल्दा तीनजनाको मृत्यु, कम्तीमा तीन घाइते

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o७८ भदौ २० आइतबार १३:o६:oo

अमेरिकाको वासिङ्टन डिसीमा भएको गोली काण्डमा परी कम्तीमा तीनजनाको मृत्यु भएको र अन्य तीनजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। लङफेलो स्ट्रिट– ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समयअनुसार शनिबार साँझ साढे सात (ग्रिनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको छ।

डिसी प्रहरी विभागले ट्विटरमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणबाट तीनजनाको मृत्यु भएको छ र तीनजना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।’

डिसी प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार संदिग्धहरू एक्कासि गाडीबाट बाहिर निस्किएर मानिसहरूको भिडमा अन्धाधुन्ध गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मृतक सबै वयस्क हुन् । प्रहरीले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको छ। रासस