१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o६:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा एकोहोरो गिरावट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:३७:oo

आठ दिनअघि तीन हजार दुई सय २६ बाट घट्न थालेको नेप्से परिसूचकले पटक–पटक घट्न थामिने प्रयास गरेको भए पनि सफल हुन सकेको छैन । फलतः परिसूचकले गत साता तीन दिन घट्दा समग्रमा परिसूचक एक सय ६७ अंक गुमाएको छ ।  

पछिल्लो समय राष्ट्र बैंकले एक ग्राहकले एउटा बैंकबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्र कर्जा लिन सक्ने व्यवस्था गरेको छ । केहीलाई समस्या पर्ने देखिए पनि अझै धेरै लगानीकर्ताले समग्र प्रणालीबाट थप रकम लिन सक्ने अवस्था छ । यद्यपि, सबै बैंकबाट कर्जा मिलाउन असहज हुने र हाल कर्जा लिइरहेका बैंकहरूमा कर्जा सीमामा ल्याइसक्नुपर्ने व्यवस्थाले लगानीकर्ता समस्यामा परेका छन् ।

एक वर्षभित्र यस्तो कर्जा सीमामा ल्याउन सक्ने व्यवस्था भए पनि अहिलेदेखि नै लगानीकर्ता तनावमा देखिएका छन् । केही लगानीकर्ता संघहरूले यो नीति फिर्ता लिन राष्ट्र बैंकलाई दबाबसमेत दिइरहेका छन् । 

केही समयअघि पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एक वर्षभन्दा कम अवधिका लागि सेयर कारोबार नगर्न परिपत्र जारी गरेको थियो भने सेयर धितोको मूल्यांकनका लागि एक सय २० दिनको औसत मूल्य लिन सक्ने व्यवस्थालाई संशोधन गरेर पुनः एक सय ८० नै कायम गरेको थियो । थोरै अवधिको औसत लिँदाभन्दा बढ्दो बजारमा लामो अवधिको औसत लिँदा मूल्यांकन बढी हुने अवस्था थियो । राष्ट्र बैंकको यो नीतिगत प्रभाव बजारमा परेको हो । 

त्यस्तै, बैंकहरूलाई अनिवार्य नगद मौज्दात कायम गर्न पुँजी अभाव हुन थालेका खबरहरू आएपछि पनि कर्जा कम पाइन सक्ने वा निक्षेपको ब्याजदरमा वृद्धि हुने आशंकाले बजारलाई प्रभाव पारेको छ । 

केही क्षेत्रबाहेक अन्य सबैमा निषेधाज्ञा खुला गरिएकाले हालसम्म बजारमै केन्द्रित लगानी मोडिनसक्ने अपेक्षाले पनि बजारमा गिरावट आउन थालेको छ । अघिल्लो साता तीन दिन खुला रहेको सेयर बजार गत साता चार दिन खुलेपछि कारोबार रकम करिब १५ प्रतिशतले बढेर ४७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । तर, दैनिक औसत कारोबार रकम भने करिब १४ प्रतिशतले घटेर करिब १२ अर्ब रुपैयाँमा सीमित भएको छ । 

कारोबारमा आएका होटेल र पर्यटनबाहेक सबै समूहगत परिसूचक घटेका छन् । मनकामना लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाइ गरेका छन् भने आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै १७ प्रतिशतले मूल्य घटेको छ । गत साता बजारमा एक करोड कित्ता–इकाइ सेयर तथा ऋणपत्र थपिएको छ । विभिन्न चार कम्पनीको ७६ लाख कित्ता सेयर र बाँकी दुई संस्थाका ऋणपत्र थपिएका हुन् । 

प्रवृत्ति बियरिस 
प्राविधिक विश्लेषणहरूले केही दिनदेखि सेयर बजारको प्रवृत्ति बियरिस रहेको संकेत गरेको छ । आइतबारदेखि बजार उच्च अंकसहित गिरावट भइरहेको छ । नेप्सेको मैनबत्ती चित्रले बुधबार नेप्सेको गिरावट रोकिने प्रयासमा देखिएको भए पनि सफल हुन नसकेको संकेत गरिरहेको छ । अन्तिम दिन पनि कालो (रातो) मैनबत्ती आकृति बनेकाले बजार आगामी दिन पनि घट्न सक्ने सम्भावना देखाइरहेको छ ।

मुभिङ एभरेज रेखाले पनि बजार बियरिस प्रवृत्तिमा आउन लागेको जस्तो संकेत गरिरहेको छ । नेप्सेको ७ दिने मुभिङ रेखालाई काटेर २१ दिने मुभिङ रेखा माथि लाग्न थालेको छ । यो डेथ क्रस ओभर हुने सम्भावनासमेत छ । यद्यपि, छोटो–छोटो अवधिमा यसको प्रवृत्तिमा समेत परिवर्तन देखिएकाले यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । ७ दिने रेखा माथि हुँदा बजार बुलिस रहेको मानिन्छ भने यदि २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ । 

१४ दिने आरएसआई सूचकले बजार अधिक बिक्रीको अवस्थामा आइपुगेको देखाउँछ । यो सूचक स्केल २० दशमलव ४१ मा आएको छ । अघिल्लो दिन ३३ दशमलव ३३ बाट सूचक थप ओर्लिएको हो । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे माग र आपूर्ति सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । 

सातामा दुई हजार नौ सय १६ को न्यून बिन्दुबाट बढेको नेप्सेको पिभट विश्लेषणअनुसार आगामी एक सातामा दुई हजार आठ सय ५६ मा पहिलो टेवा पाउनेछ र यस टेवाका कारण नेप्से बढ्न थालेमा तीन हजार ५६ मै पहिलो प्रतिरोध परीक्षण गर्नेछ । 

ad
ad