Skip This
केपी ओली भन्छन्–चीनसँग कुनै सीमा विवाद छैन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १९ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १९ शनिबार १७:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली भन्छन्–चीनसँग कुनै सीमा विवाद छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १९ शनिबार १७:५८:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग सीमा विवाद नरहेको जिकिर गरेका छन्। नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

ओलीले चीनसँग हुँदै नभएको सीमा विवाद छ भनेर कसलाई खुसी पार्न खोजेको भन्दै गठबन्धन सरकारलाई प्रश्न गरे। ‘अहिले तपाईहरुले देख्नु भएको छ । अब चीनसँग कुनै सीमा विवाद छँदै छैन। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनु पर्‍यो? कसलाई खुसी पार्न ? चीनसँग सीमा विवाद छैन। यो सरकारलाई म चुनौति दिएर भन्न चाहन्छु, यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस्। सीमा विवाद छैन। कसलाई खुसी पार्न?' पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने।

उनले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन एमालेको विकल्प नरहेको दोेहोर्‍याउँदै भूमि समस्या समाधान आयोग खारेज गरेर सरकारले गरिवमारा चरित्र देखाएको आरोप समेत लगाए।