मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक नियुक्तिको मुद्दामा सुनुवाइ रोक्ने आदेशविरुद्ध सर्वोच्चमा रिट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

 संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट पेस गरेका हुन्। सर्वोच्च प्रशासनले रिट दर्ताका सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ।  

वरिष्ठ अधिवक्ता त्रिपाठीले सुनुवाइ रोक्ने आदेशले न्यायसम्बन्धी हकमा अवरोध पुगेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बिहीबार प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो। 

आदेशमा प्रधानन्यायाधीशको अनुपस्थिति र प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशबाट इजलास सञ्चालन हुन सक्ने या नसक्नेबारे निर्क्याेल नभएसम्म मुद्दाको सुनुवाइ अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो।  

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो।

प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गरेका थिए। सर्वोच्चको आदेशपछि शुक्रबारका लागि तोकिएको सुनुवाइ रोकिन पुगेको थियो।