विश्वकीर्तिमानी खरेल सम्मानित

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

विश्वकीर्तिमानी कलाकार राजन खरेल सम्मानित भएका छन्। खरेललाई बुधबार गौरीशंकर च्छो रोल्पा मिडियाले गौरीशंकर लोकमाला कार्यक्रमको वार्षिक उत्सवको अवसरमा सम्मान गरेको हो।

संसारको अग्लो स्थानमा भिडियो छायांकन गरी गिनिज बुकमा नाम लेखाएका खरेललाई राजधानीमा आयोजित कार्यक्रमबीच सम्मान गरिएको छ। ‘गोक्यो रि’ नामक म्युजिक भिडियो संसारको अग्लो स्थानमा छायांकन गरेको भन्दै खरेललाई वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ‘विश्वकीर्तिमानी सम्मान २०७८’ द्वारा सम्मान गरेका हुन्। 

कार्यक्रममा सहभागीहरूले अद्वितीय काम गरी रेकर्ड होल्ड गरेकोमा खरेलको प्रशंसा गरेका थिए।

सुझावित समाचार