Skip This
कांग्रेसमा पात्र र प्रवृत्ति परिवर्तन आवश्यक छ, नेतृत्वका लागि नयाँ पुस्ता सक्षम भइसक्यो : गुरुङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसमा पात्र र प्रवृत्ति परिवर्तन आवश्यक छ, नेतृत्वका लागि नयाँ पुस्ता सक्षम भइसक्यो : गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १८:o७:oo

कांग्रेस युवा नेता कल्याण गुरुङले नेपाली कांग्रेसमा पात्र र प्रवृत्ति परिवर्तनको आवश्यकता देखिएको बताएका छन् । कांग्रेसको भावी सभापतिमा उम्मेदवारी घोषणा गर्दै गुरुङले यस्तो बताएका हुन् । गुरुङले बुधबार अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलनमार्फत १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । 

सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा मानिएका गुरुङले कांग्रेसमा एउटै अनुहार भएको नेतृत्व मात्रै दोहोरिने गरेको बताए । ‘नेतृत्वमा उही अनुहार आयो, नयाँ सोच आएन । नयाँ पुस्ता आवश्यक भएको आवाज उठ्न थाल्यो । त्यसैका लागि नयाँ युस्ताको तर्फबाट मैले उम्मेदवार बन्ने निर्णय गरेको हुँ,’ गुरुङले भने । 

कांग्रेसको नेतृत्वमा आउनेमा अधिकांश ६० वर्षमाथिका मात्रै भएको उनले बताए । १४औँ महाधिवेशनमा नेतृत्वमा दाबी गर्नेहरूमा पनि उही प्रवृत्ति देखिएको गुरुङको भनाइ छ । 
‘युवाहरूले नेतृत्व गरेको पार्टीमा किन नेतृत्व गर्न अगाडि आउन चाहेन ? यही प्रश्नले मलाई उम्मेदवार बन्नुपर्छ भन्ने बनायो । नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम भइसकेको छ,’ गुरुङले भने । 

उनले आफू सभापतिमा विजयी भएको अवस्थामा भ्रष्टाचार नियन्त्रण, गुटबन्दी नियन्त्रण र नेतृत्वमा नयाँ आउन सक्ने व्यवस्था मिलाउने दाबी गरे । उनले कांग्रेसको नेतृत्व देशको नेतृत्वको विकल्पसमेत भएकाले  कांग्रेस सभापति त्यहीअनुरूपको सोच आवश्यक भएको र यसका लागि आफू उपयुक्त पात्र भएको दाबी गरे  ।

‘कांग्रेस नेतृत्व भोलिको वैकल्पिक प्रधानमन्त्री हो । उसले देशलाई हेरेर सोच बनाउन सक्नुपर्छ । त्यसको उपयुुक्त उम्मेदवार मै हुँ,’ गुरुङको भनाइ थियो, ‘म जितको नजिक रहेको उम्मेदवार हुँ । मैले जितेँ भने स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसलाई १ नम्बर बनाउन लागिपर्नेछु ।’
 

ad
ad